×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिष्टिलरीको नाफा र ईपीएस दुवै घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमालयन डिष्टिलरीको नाफा र ईपीएस दुवै घट्यो

Artha Sarokar

२७ कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेको हो । 

यस अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी घट्दा नाफा पनि घटेको हो । यस अवधिमा कम्पनीको बिक्री आम्दानी १ अर्ब ७ करोड रुपैयाँ बराबर छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबर बिक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपीएस १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा छ । 

३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी