×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सबैको सुझावअनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सबैको सुझावअनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन’- अर्थमन्त्री

Artha Sarokar

२७ कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यसपटक सबैको सामूहिक प्रयासमा निजी क्षेत्रको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताएका हुन् । 

‘विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने समय थियो । एउटा नीति मौन रहने अर्को अत्यधिक आक्रामक हुन्थ्यो । जसको परिणामस्वरूप आर्थिक समस्याहरू कम गर्ने उद्देश्यले बनाइएका नीतिहरूको नकारात्मक परिणाम वा नकारात्मक परिणामहरू देखा परेका थिए ।’, उनले भने, ‘यसपटक सामूहिक प्रयासमा काम भएको छ । निजी क्षेत्रले अनुरोध गरेका सबै विषयलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ ।’

त्यस्तै, उनले अहिले सरकार र नेपाल राष्ट्र बैंक उदार हुनुपर्ने अवस्था आएको भन्दै प्राप्त रिपोर्टहरूको आधारमा लगभग सबै निजी क्षेत्रका संस्थाहरू र सरकारी निकायहरूले पनि पुननिर्माणको काम सुरु गरिसकेको बताएका छन् ।

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले निजी र सार्वजनिक सम्पत्तिलाई गम्भीर क्षति पुगेको भन्दै स्टकको र व्यवसायको क्षति दुईसय अर्बको हाराहारीमा रहेको उनले जानकारी दिएका छन् । 

‘वर्तमान आर्थिक परिदृश्यमा, सेप्टेम्बर ८ र ९ मा भएको जेन-जी आन्दोलनको सन्दर्भलाई हेर्नुपर्छ ।’, उनले भने, ‘जसले केही निजी र सार्वजनिक सम्पत्तिलाई गम्भीर क्षति पुर्यायो । कुल क्षति दुईसय अर्बको हाराहारीमा छ, जसमा स्टकको क्षति र व्यवसायको क्षति समावेश छैन ।’

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी