×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

Artha Sarokar

२८ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारणसभा कार्तिक २७ गते बिहीबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, साधारणसभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

त्यसैगरी, साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी बृद्धि गरी रु.६ अर्ब १० करोड पुर्याउने, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

हाल विकास बैंकको चुक्ता पूँजी रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।

देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटिए रहेको यस विकास बैंकले नविनतम डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी