×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपा छाडेका परियारसहित नयाँ दल खोल्ने तयारीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रास्वपा छाडेका परियारसहित नयाँ दल खोल्ने तयारीमा

Artha Sarokar

२८ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गरेसँगै नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले बताएका छन् ।

‘नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ’, नेता परियारले भने , ‘यससम्बन्धमा आजै विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।’

यसअघि उनले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गरेका थिए । नयाँ शक्तिका नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गरे ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी