काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रतालाई कुण्ठित नगरी बजारलाई बाटो देखाउनुपर्ने बताएका छन् । अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको र अब विगतमा जस्तो सरकारले डोराएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताए ।
नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको अर्थमन्त्रीको भनाई छ । उनले प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गरेका छन् ।
अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताएका छन् । नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिलेकाहीँ समस्या हुने गरेको उनले बताएका छन् ।













