काठमाडौँ । राइड-सेयरिङ एप पठाओले काठमाडौँ उपत्यकाका नागरिकलाई मतदाता नामावली दर्ता गर्न सहज बनाउन विशेष अफर सुरु गरेको छ । यस अफरअन्तर्गत, प्रयोगकर्ताले निर्वाचन कार्यालयसम्म जाने र फर्कने प्रत्येक राइडमा रु. ५० छुट पाउनेछन् ।
पठाओले यो सुविधा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयहरूमा आवागमन गर्ने प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो ।
राइड बुक गर्दा प्रयोगकर्ताले पठाओ एपमा सम्बन्धित कार्यालयको नाम समावेश गर्नुपर्नेछ । उदाहरणका लागि,
• District Election Office, Min Bhawan, New Baneshwor
• District Election Office, Sallaghari
• District Election Office, Jawalakhel
यस्तै, नेपाली भाषामा पनि जिल्ला निर्वाचन कार्यालय, मिन भवन, सल्लाघारी वा जावलाखेल लेखेर राइड बुक गर्न सकिने पठाओले जनाएको छ ।
कम्पनीका अनुसार, यस अफरको उद्देश्य नागरिकलाई मतदाता नामावली दर्ता प्रक्रियामा सक्रिय सहभागिता गराउन सहयोग पुर्याउनु हो ।













