×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती बाई आइएमईको सिईओमा प्रविण रेग्मी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खल्ती बाई आइएमईको सिईओमा प्रविण रेग्मी नियुक्त

Artha Sarokar

१ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खल्ती बाई आइएमईको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले रेग्मीलाई आजैदेखि लागू हुने गरी आगामी ४ वर्षको लागी नियुक्त गरेको हो ।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिईओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात खल्ती बाई आइएमई लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । बढदै गएको डिजिटल कारोबार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ ।

यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो ४ वर्षे कार्यकाल सकाएर बिदा भएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी