काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ राजस्व सङ्कलन गरेको छ । सोही अवधिमा गत आवमा रु तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ सङ्कलन भएको थियो ।
गत वर्ष रु १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आर्थिक वर्षका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताए ।
चालु आर्थिक वर्षको हालसम्म आन्तरिक करतर्फ रु एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० सङ्कलन भएको छ । गत आवको यस अवधिमा रु एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्षमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ । उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा रु ५० करोड ३१ लाख तीन हजार ७३८ सङ्कलन भएको सम्पत्ति कर चालु आर्थिक वर्षको सोही अवधिमा रु ४२ करोड ७६ लाख ५४ हजार २७६ सङ्कलन भएको छ ।
यस वर्ष वहाल कर असुली बढेको बताउँदै उहाँले गत वर्ष यस अवधिमा रु ९४ करोड ८५ लाख २८ हजार १५४ सङ्कलन भएकामा यस वर्ष रु एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० सङ्कलन भएको जानकारी दिएका छन् । गत वर्षको यस अवधिमा रु २२ करोड ८७ लाख आठ हजार ७०८ व्यवसाय कर सङ्कलन भएकामा चालु आवको हालसम्म रु २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्