काठमाडौँ । दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि गर्ने भनेको आन्दोलन नहुने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गर्ने भनेका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका हुन् ।
बालुवाटारमा भएको सरकारसँगको वार्तापछि प्रसाईं समूहले मंसिर ७ गतेदेखि गर्ने भनेको आन्दोलन फिर्ता लिएको हो ।
सरकारसँगको वार्तामा प्रसाईं समूहले अघि सारेका २७ बुँदे मागका विषयमा छलफल भएको थियो । अर्को चरणको वार्तामा महाअभियानको नेतृत्वसहित छिट्टै समझदारी गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको बैठकमा सहभागी प्रसाईं समूहका एक सदस्यले बताएका छन् ।
प्रसाईं समूहले विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशभर आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनको घोषणापछि दुर्गा प्रसाईंले आफूलाई चाहिने अत्यावश्यक उपभोग्य सामाग्री जोहो गर्नू भन्दै अभिव्यक्ति दिँदै आएका थिए । तर, आन्दोलनका कार्यक्रम सबै फिर्ता भएपछि मंसिर ७ गते हुने भनिएको प्रसाईं समूहको आन्दोलन नहुने भएको छ ।
हाल दुर्गा प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौँको हिरासतमा छन् ।













