×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली वा मातृभाषा बोलेकै भरमा विद्यार्थीलाई कारवाही नगर्न सर्वोच्चको परमादेश, गरे उल्टै कारवाही हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाली वा मातृभाषा बोलेकै भरमा विद्यार्थीलाई कारवाही नगर्न सर्वोच्चको परमादेश, गरे उल्टै कारवाही हुने !

Artha Sarokar

७ मंसिर २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले विद्यालयमा नेपाली वा मातृभाषा बोलकै कारण विद्यार्थीलाई कारवाही नगर्न परमादेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाशान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो । 

निजी विद्यालयहरुले विद्यालयमा नेपाली वा मातृभाषा बोलकै कारण कारवाही गर्न थालेपछी कानूनका विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले जेठ १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले जेठ १४ गते कारण देखाउ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, अहिले भने अदालतले विद्यालयमा नेपाली वा मातृभाषा बोलेकै आधारमा विद्यार्थीलाई कारवाही नगर्न परमादेश नै जारी गरेको छ । 

योसँगै अब निजी विद्यालयहरुले नेपाली वा मातृभाषा बोलेकै आधारमा विद्यार्थीलाई कारवाही गर्न नपाउने भएका छन् । यसका बावजुत पनि कसैले विद्यार्थीलाई कारवाही गरे उक्त कार्य अदालतको आदेशको अवहेलना र गैरकानूनी कार्य ठहरिनेछ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी