×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेन-जी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्रीको राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेन-जी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्रीको राजीनामा

Artha Sarokar

८ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीको राजीनामा मागेको छ । सोमबार प्रेस वक्तव्य जारी गर्दै जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो ।

जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाएको छ ।

जेन-जी मुभमेन्ट नेपालले जारी गरेको वक्तव्यमा ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाइएको छ ।

सरकारमै रहेका पदाधिकारीले गरेको यस्ता गतिविधि प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणबिना सम्भव नरहेको भन्दै जेन-जी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी