×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डिशहोम गो’बाट मात्र एनपीएल लाइभ हेर्न आग्रह, अनधिकृत प्रसारण गरे कारबाही गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘डिशहोम गो’बाट मात्र एनपीएल लाइभ हेर्न आग्रह, अनधिकृत प्रसारण गरे कारबाही गरिने

Artha Sarokar

८ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु अधिकारिक माध्यममार्फत अर्थात् ‘डिशहोम गो’ बाट हेर्न आग्रह गरेको छ । एनपीएल आयोजक नेपाल क्रिकेट सङ्घ र ओटीटी अधिकार प्राप्त डिश मिडियाले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य देशहरुमा ओ.टि.टि. प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग रहेको छ । डिशहोमको डिशहोम गो नामक एप डाउनलोड गरी नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरु सोहि एप मार्फत हेर्न सकिन्छ ।

डिशहोमको ओटिटि प्लेटफर्म बाहेकका अन्य डिजिटल प्लेटफर्म तथा सामाजिक संजालबाट प्रसारण गर्नु अनुचित तथा अनधिकृत भएको हुँदा उक्त कार्य गर्न/गराउन मनाही छ ।

अधिकार प्राप्त डिशहोम बाहेक नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलसँग सम्बन्धित सामग्रीहरुको अनधिकृत बिक्रि वितरण, पुन:प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने/गराउने कार्य गैरकानूनी रहेको हुँदा दण्डनीय छ ।

अत: सम्पूर्ण दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदार तथा सरोकारवालाहरुलाई तोकिएका आधिकारिक प्लेटफर्म डिशहोम गो लगायत अन्य च्यानलहरुबाट मात्र नेपाल प्रिमियर लिग अन्तर्गतका क्रिकेट खेलहरु हेर्नको लागि अनुरोध गरिएको छ ।

अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साईबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार-प्रसार नगर्न/नगराउनु हुन सम्पूर्ण व्यक्ति/संस्था तथा सरोकारवालाहरुलाई डिशहोमले अनुरोध गरेको छ ।

साथै, नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउन आग्रह गरिएको छ ।  त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारवाही हुने डिशहोमले जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी