×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन नेपाल लघुवित्त १२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विन नेपाल लघुवित्त १२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

Artha Sarokar

९ मंसिर २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विन नेपाल लघुवित्त १२औँ वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा लघुवित्तले पोर्टेज तथा पुनर्स्थापना संस्था नेपालद्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा लगायतका संस्थाका प्रतिनिधिहरुले विशेष विद्यालयमा पुगेर सो सामग्रीहरु वितरण गरेका थिए ।

ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लामा २१ वटा शाखा सञ्चालन गर्दै आएको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको ८ करोड ४३ लाख ४० हजार पाँच सय ५० सेयर पुँजी रहेको तथ्यांक उक्त संस्थाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी