×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टार्टअप कर्जाका लागि १० हजार बढीले दिए आवेदन, छनोट हुनेले पाउनेछन् ५ देखि २० लाखसम्म ऋण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्टार्टअप कर्जाका लागि १० हजार बढीले दिए आवेदन, छनोट हुनेले पाउनेछन् ५ देखि २० लाखसम्म ऋण

Artha Sarokar

१० मंसिर २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि १० हजार बढी परियोजना प्रस्ताव दर्ता भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कार्तिक १९ गते आह्वान गरेको प्रस्तावमा १० हजार २ सय ४४ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका हुन् । 

स्टार्टअप उद्यम कर्जाका लागि ८ हजार २ सय ३ जनाले अनलाइनबाट र २ हजार ४१ जनाले प्रतिष्ठानमै पुगेर परियोजना प्रस्ताव दर्ता गरेको प्रातिष्ठानले जनाएको छ । 

यसो त सरकारले चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस वर्ष परियोजना प्रस्तावका आधारमा न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा वितरण गरिने प्रतिष्ठानले जनाएको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरे पनि ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो  । विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च भएको थियो भने कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा राखिएको थियो  ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी