×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहेको ‘सिजन’मा सरकारी गाडीको व्यापक दुरुपयोग, सरकारले गरायो सचेत, नटेरे कारवाही गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहेको ‘सिजन’मा सरकारी गाडीको व्यापक दुरुपयोग, सरकारले गरायो सचेत, नटेरे कारवाही गरिने !

Artha Sarokar

१० मंसिर २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिहेको सिजन सुरु भएसँगै देशभर सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । खासगरी स्थानीय तहमा प्रयोग हुने सरकारी गाडीको दुरुपयोग भएको पाइएको हो । 

मंसिर महिना सुरु भएयता ‘हेल्लो सरकार’ मार्फत प्राप्त उजुरीमध्ये अधिकांश उजुरी सरकारी गाडी दुरुपयोगका भएको बताइएको छ । 

उजुरीमाथि गरिएको छानबिनका क्रममा अधिकांश जनप्रतिनिधिले प्रयोग गर्ने गाडी विवाह, व्रतबन्ध लगायतका काममा प्रयोग भएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानले देखाएको छ । यतिसम्म कि सरकारी गाडी मलामी, व्यक्तिगत घुमघाम र घरायसी प्रयोजनमा समेत प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । 

सरकारी गाडीको दुरुपयोग भएको अनुसन्धानले पुष्टि गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ पालिकालाई सरकारी गाडी र सुविधाको दुरुपयोग नगर्न निर्देशन दिएको छ । त्यसका बावजुत पनि कसैले सरकारी गाडीको दुरुपयोग गरेको पाइए कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी