काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
इलेक्ट्रोनिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।













