काठमाडौँ । स्टक मार्केट एनालाइसिस एण्ड रिसर्च टिम (स्मार्ट)ले वित्तीय साक्षरता सम्बन्धी अनलाइन तालिम दिने भएको छ । स्मार्टले मंसिर १५ गतेदेखि २१ गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो ।
नेपालका लगानीकर्ता, विद्यार्थी, कर्मशील युवा र आर्थिक रुपमा सक्षम बन्न चाहने सबैलाई लक्षित गर्दै तालिम आयोजना गर्न लागेको स्मार्टले जनाएको छ ।
स्मार्टका अनुसार ६ दिन सञ्चालन हुने उक्त तालिम पूर्णरुपमा निःशुल्क हुनेछ । तालिममा सहभागीलाई आर्थिक सचेतना, पैसाको सही व्यवस्थापन, आम्दानी-खर्च योजना, बचत-लगानीका आधारभूत सिद्धान्त लगायत महत्वपूर्ण वित्तीय ज्ञानका विषयमा प्रशिक्षण दिइनेछ ।
प्रशिक्षण कार्यक्रम हरेक दिन राति ८ बजेदेखि ९ बजेसम्म अनलाइन माध्यमबाट हुनेछ । प्रशिक्षण कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिने स्मार्टले जनाएको छ । कार्यक्रममा सचेत नागरिक, विद्यार्थी, गृहणी, जागिरे, युवा तथा भविष्यमा लगानी गर्न चाहने सबै सहभागी हुन सक्नेछन् ।














