काठमाडौँ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार शाक्यलाई ललितपुरबाट पक्राउ गरिएको हो । प्रभु बैंक प्रकरणमा अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको बताइएको छ ।
शाक्य अध्यक्ष रहेको गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवन लगायतका क्षेत्रमा लगानी गरेको छ । गुण समूहले सञ्चालन गरेको गुण एयरलाइन्स भने अहिले बन्द छ ।








प्रतिक्रिया दिनुहोस्