Skip to content
LAXMI SUNRISE BANK

सूर्यप्रसाद सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, भ्रष्टाचार मुद्दामा अन्यायपूर्ण फैसला गरेको दाबी !

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ । भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । 

अख्तियारले सिलवाललाई सफाइ दिने फैसला अन्यायपूर्ण भएको दाबी गर्दै मंसिर १७ गते (बुधबार) सर्वोच्चमा पुनरावेदन दर्ता गरेको अख्तियारका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । 

प्राधिकरणको अध्यक्ष रहँदा जन्ममिति परिवर्तन गरी मन्त्रिपरिषद्मा झुठा विवरण बुझाएको भन्दै अख्तियारले सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यति मात्र होइन, सिलवालले राहदानी विभागमा समेत ३ वर्ष उमेर घटाएर कूटनीतिक राहदानी लिएको र त्यसबाट लाभ लिएको ठहर गरेको थियो । 

अख्तियारले २०८० साउन १५ देखियता लिएको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ १६ पैसा बराबरको लाभ-सुविधा जफत गर्न माग गरेको थियो । तर, उक्त मुद्दामा विशेष अदालतले सिलवाललाई २०८१ पुस २ गते सफाइ दिएको थियो । विशेष अदालतको फैसला अन्यायपूर्ण भएको भन्दै हाल अख्तियार सर्वोच्च अदालत पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK