काठमाडौँ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र अध्यक्ष ‘बैंक अफ दि एयर’को अवार्ड लिन लण्डन पुगेका छन् । बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र सिइओ गणेशराज पोखरेल अवार्ड लिन लण्डन पुगेका हुन् ।
‘बैंक अफ दि एयर’ अवार्ड बेलायती आर्थिक पत्रिका ‘दि बैंकर’ले हरेक वर्ष विभिन्न देशका बैंकलाई बाँड्ने गर्छ ।
नेपालबाट भने उत्कृष्ट बैंक भन्दै सिटिजन्स बैंकले ‘बैंक अफ दि एयर २०२५’ अवार्ड पाएको छ । लाखौँ खर्च गरेर लण्डन पुगेका सिटिजन्स बैंकका सिइओ र अध्यक्षले उक्त अवार्ड लिएका हुन् । सिटिजन्स बैंकले गत वर्ष पनि ‘बैंक अफ दि एयर २०२४’ अवार्ड पाएको थियो ।
यसो त उत्कृष्ट बैंक भन्दै बैंकहरुमध्येकै सबैभन्दा कमजोर बैंकले ‘बैंक अफ दि एयर’ अवार्ड पाएपछि गत वर्ष नै सो अवार्डका विषयमा प्रश्न उठेको थियो । सुशासनका विषयमा सबैभन्दा बढी विवादित बैंकले अवार्ड पाएपछि अवार्डका लागि बुझाएका कागजात नै असली थिए कि नक्कली भन्ने प्रश्न उठेको थियो ।
यसरी सबैभन्दा कमजोर बैंकले ‘बैंक अफ दि एयर’को अवार्ड पाएपछि बदनाम बनेको उक्त अवार्ड लिन नमानेपछि यस वर्ष पनि ‘बैंक अफ दि एयर’ अवार्ड सिटिजन्स बैंकले नै पाएको छ । उक्त अवार्डमा नेपालका अन्य बैंकहरुले चासो नदिएपछि अर्को वर्ष पनि सो अवार्ड सिटिजन्स बैंकले नै पाउन सक्ने देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्