Skip to content
LAXMI SUNRISE BANK

नेपाललाई अर्बौं ऋण दिने देश नै ऋणको चपेटामा !

अर्थ सरोकार

काठमाडौँ । नेपाललाई ऋण दिने देशहरु नै ऋणको दलदलमा फसेको पाइएको छ । नेपाललाई ऋण दिँदै आएका जापान, अमेरिका, चीन, फ्रान्स लगायतका देशहरु नै ऋणको दलदलमा फसेको पाइएको हो । 

नेपाललाई ऋण दिने देशहरुमध्ये सबैभन्दा धेरै ऋण जापानको रहेको खुलेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदन अनुसार जापानको कुल ऋण १०८०.१ अर्ब डलर छ । 

यसो त विश्वकै सबैभन्दा धेरै ऋण भएको देशमध्येको एक सुडानको ऋण कुल ग्राहस्थ उत्पादनको तुलनामा २२२ प्रतिशत छ । तर, जापानको ऋण कुल ग्राहस्थ उत्पादनको २३० प्रतिशत पुगेको छ । अर्थात, जापानको ऋण विश्वकै अविकसित देशको भन्दा पनि बढी पुगेको छ । 

जापान सरकारबाटै नेपालले अर्बौं रुपैयाँ ऋण लिएको छ । भर्खरै काठमाडौँको कोटेश्वर चोक सुधार परियोजनाका लागि नेपालले जापानसँग ३१ अर्ब रुपैयाँ बढी ऋण लिने सम्झौता गरेको छ । जापानबाहेक नेपाललाई ऋण दिने अमेरिका, फ्रान्स, चीन, इटाली लगायतका देशहरु पनि ऋण चपेटामा रहेको आईएमएफको प्रतिवेदनले खुलासा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK