काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब बढाउन माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब बढाउन माग गरेका हुन् ।
प्रसाईंले अहिले भएकै तलबले सेना, प्रहरी र सरकारी कर्मचारीको जीविकासमेत नचल्ने भन्दै तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब २० हजार बढाउनुपर्ने बताएका छन् ।
‘सेना, प्रहरी जवान र निजामती कर्मचारीको तलब एक लाख भनेका थियौँ, कम्तिमा २० हजार बढाऔँ ।’, प्रसाईंले भने, ‘बिहान-बेलुका जाउलो खान पाउन् र छोराछोरीलाई पढाउन सकुन् ।’
त्यस्तै, प्रसाईंले बैंक, वित्तीय संस्था र सहकारीबाट कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउनुपर्ने पनि माग गरेका छन् । उनले अबदेखि ऋणीका नाममा ३५ दिने सूचनासमेत नकाट्न आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्