Skip to content
LAXMI SUNRISE BANK

एउटा व्यक्ति दुई सहकारीको सञ्चालक बस्न नपाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन, अटेर गरे कडा कारवाही हुने !

अर्थ सरोकार

काठमाडौँ । एउटा व्यक्ति एउटा मात्र सहकारीको सञ्चालक बस्न पाउने नियम कार्यान्वयन गर्न निर्देशन दिइएको छ । देशभरका सहकारी संस्थालाई सहकारी विभागले यस्तो निर्देशन दिएको हो । 

विभागले ‘सहकारी ऐन, २०७४’ को दफा ४१ मा गरिएको व्यवस्था अनुसार एक समयमा एउटा व्यक्ति एउटा मात्र सहकारीको सदस्य बस्न पाउने नियम कार्यान्वयन गर्न निर्देशन दिएको छ  ।

यसो त विभागले यसअघि पनि यस्तो नियम कार्यान्वयन गर्न निर्देशन दिँदै आएको थियो । तर, सहकारी संस्थाहरुले निर्देशन अटेर गर्दै एक पटकमै एउटै व्यक्तिलाई एक भन्दा बढी सहकारी संस्थाको सञ्चालक बस्न छुट दिँदै आएका थिए । 

यसरी एउटै व्यक्तिले दोहोरो सञ्चालकको भूमिकामा बसेको गुनासो बढेपछि विभागले नियम कार्यान्वयनमा थप कडाइ गरेको छ । विभागले व्यवस्था कार्यान्वयन भए/नभएको जाँच गर्न र नभएको पाइए कारवाही गरिने चेतावनी समेत दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK