Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकलाई अवार्ड दिन फेरि ‘म्याच फिक्सिङ’को प्रयास !, बैंकबाट मोटो रकम लिएर ‘कस्मेटिक प्रतिवेदन’

अर्थ सरोकार

काठमाडौँ । लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले दिने उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुतीकरण (बिपीए) अवार्डमा अघिल्लो सालजस्तै यसपाली पनि म्याच फिक्सिङको प्रयास भएको पाइएको छ । पब्लिक सेक्टर बैंक विधा अन्तर्गत सरकारी बैंकहरुलाई मात्र अवार्ड दिने भनेर कृषि विकास बैंकलाई मात्र सहभागी गराउने, र जति नम्बर पाए पनि सो बैंकलाई अवार्ड दिने गरी तयारी भएको पाइएको हो ।

यसका लागि अन्य दुई सरकारी बैंक सहभागी नै नहुने वातावरण तयार भएको छ । त्यसपछि कृषि विकास बैंकको वित्तीय प्रतिवेदनलाई थप ‘कस्मेटिक’ बनाइएको छ । यसरी बनाइएको प्रतिवेदन आइक्यानमा बुझाएर अवार्ड लिने तयारी बैंकले गरेको छ । यसका लागि आइक्यानकै पार्षद अमन उप्रेतीले मोटो रकम लिएर कृषि विकास बैंकको वित्तीय प्रतिवेदनलाई थप ‘कस्मेटिक’ बनाउने काम लिएका छन् ।

अघिल्लो पटक पनि उनले अवार्ड प्रयोजनका लागि सो काम गरेका थिए । उप्रेतीले पनि आफुले बैंकको वित्तीय प्रतिवेदनलाई थप राम्रो देखाउने काम लिएको र अघिल्लो साल पनि यस्तै काम गरेर भुक्तानी लिएको स्वीकारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उप्रेतीले आफुले ५ लाख हाराहारी रकम लिएर सो काम अघिल्लो साल पनि लिएको र अहिले पनि गरिरहेको दाबी गरेका छन् ।

यता बैंकका सूचना अधिकारीले भने वित्तीय प्रतिवेदन बनाउने काम बैंकको रहेको भन्दै यसमा बाहिरको मान्छे प्रयोग भएको बारे आफुलाई थाहा नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले बैंकको वित्तीय प्रतिवेदन बनाउने काम बैंकको रहेको भन्दै बाहिरी मान्छेले सो काम गर्ने विषयमा बैंकमा छलफलसमेत नभएको दाबी गरे । उनले अवार्ड पाउनकै लागि सो काम गरेको विषयमासेमत आफुलाई थाहा नभएको बताए ।

कृषि बिकास बैंक लिमिटेड र पार्षद अमन उप्रेती मिलेर आइक्यानको अवार्ड नै खरिद बिक्री गरेको भन्दै आइक्यानमा उप्रेती विरुद्ध उजुरीसमेत परिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK