Skip to content
LAXMI SUNRISE BANK

झिनो अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २६ कम्पनीको ७७ लाख ६८ हजार ६ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको १८ करोड ९७ लाख १६ हजार २ सय २२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, मुक्तिनाथ किर्षी कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK