Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश दिने भएको हो ।

कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिनेछ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०२७ रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK