Skip to content
LAXMI SUNRISE BANK

कोरिया पठाउने भन्दै ३ लाख ठग्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर कोरियाको सपना देखाएर रकम ठगी गर्ने ४३ वर्षीय खडानन्द लामिछाने पक्राउ परेका हुन् ।

लामिछानेको स्थायी ठेगाना गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नं. ३ हो भने हाल उनी काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं. ३ बस्दै आएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ९ बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लामिछानेले एक जना व्यक्तिलाई कोरिया पठाउने भन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK