Skip to content
LAXMI SUNRISE BANK

आइपिओ अनुमति माग्ने कम्पनीहरुको विवरण अब सेबोनले छुट्टै अडिट गराउने, कार्यविधि बन्दै !

अर्थ सरोकार

काठमाडौँ । प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति माग्ने कम्पनीहरुको वित्तीय विवरण अब नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छुट्टै अडिट गराउने भएको छ । बोर्डबाट आइपिओ स्वीकृति पाएका दर्जनौँ कम्पनीहरुको वित्तीय विवरणमाथि प्रश्न उठेपछि बोर्डले यस्तो तयारी गरेको हो । 

आइपिओ स्वीकृति लिँदा कम्पनीले पेश गरेको विवरणमा शंका लागे बोर्डले छुट्टै बाह्य लेखापरीक्षकबाट परीक्षण गराउन मिल्नेगरी कार्यविधि बनाउने प्रक्रियामा बोर्ड अघि बढेको छ । 

सो कार्यविधिको मस्यौदा तयार गर्न बोर्डले समिति नै गठन गरिसकेको छ । बोर्डको सञ्चालक समितिको बैठकले सञ्चालक आनन्दराज शर्मा वाग्लेको अध्यक्षतामा समिति गठन गरेको धितोपत्र बोर्डका एक सञ्चालकले बताएका छन् । 

उक्त समितिमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, एक जना डेपुटी कार्यकारी निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सदस्य छन् । उक्त समितिले कस्ता कम्पनीको विवरण बाह्य लेखा परीक्षकबाट परीक्षण गराउने ? भन्ने विषयमा आवश्यक मापदण्डसहित कार्यविधिको मस्यौदा तयार गर्नेछ ।

समितिले बुझाएको कार्यविधिको मस्यौदा पारित भएपछि कानूनका रुपमा लागू गरिनेछ । कार्यविधि लागू भएपछि बोर्डले आइपिओको स्वीकृति माग्ने कम्पनीको विवरण छुट्टै अडिट गर्ने बाटो खुला हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK