काठमाडौँ । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा एलन मस्कको सम्पत्ति धेरै भएको छ । पछिल्लो केही दिन यता लगातार सम्पत्ति वृद्धि गरिरहेका मस्कको सम्पत्ति नेपाल मात्र होइन, पाकिस्तान र श्रीलंकाको संयुक्त जीडीपी भन्दा पनि धेरै भएको छ ।
पछिल्लो ४ दिनमै मस्कको सम्पत्ति १ सय ५० अर्ब डलरले बढेर ७ सय ५० अर्ब डलर नाघेको छ । यही अवधिमा नेपाल, पाकिस्तान र श्रीलंकाको संयुक्त जीडीपी करिब ५ सय ५५ अर्ब डलर मात्र छ ।
कुल नेटवर्थ ७ सय ५० अर्ब डलर नाघेसँगै इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओसमेत रहेका मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । धनी मात्र होइन, उनी ७ सय ५० अर्ब डलर नेटवर्थ पुर्याउने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।
मस्कपछि विश्वकै धनी व्यक्तिको सूचीको दोस्रो नम्बरमा ल्यारी पेज छन् । उनको कुल नेटवर्थ २५२.६ अर्ब डलर छ । त्यस्तै, ल्यारी एलिसनको २४२.७ अर्ब डलर र जेफ बेजोसको नेटवर्थ २३९.४ अर्ब डलर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्