Skip to content
LAXMI SUNRISE BANK

रवि, बालेन र कुलमानलाई टार्गेट गर्दै ओलीले भने- ‘कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर सिंहको सिकार हुन्छ ?’

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठाजोड भनेका छन् । मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । 

उनले एमालेजस्तो बलियो पार्टीसँग प्रतिस्पर्धा गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको भन्दै टिप्पणी गरेका छन् । 

सोही क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेलाई सिंहको संज्ञा दिएका छन् । उनले कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर सिंहलाई हराउन सक्छ ? भन्दै व्यङ्ग्यात्मक रुपमा प्रश्नसमेत गरेका छन् । 

त्यस्तै, ओलीले को लोकप्रिय छ ? भन्ने कुराको परीक्षण आगामी निर्वाचनबाट हुने भन्दै लोकतन्त्र पराजित नहुने भएकाले आगामी निर्वाचनमा आफूहरुको विजयी सुनिश्चित भएको समेत ओलीले जिकिर गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK