Skip to content
LAXMI SUNRISE BANK

९ बुँदे माग राख्दै आन्दोलनमा उत्रिए ईपिएस पीडित (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राख्दै युवाहरु आन्दोलनमा उत्रिएका छन् । ९ बुँदे माग राख्दै युवाहरुले ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।

कोरियन भाषा पास गरेर पनि समयमा कोरिया जान नपाएका इपीएस पीडितहरुलाई विशेष राहत र छुट व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । कृषिमा ईपीएस पास गरेका युवा सबैभन्दा धेरै पीडित भएको भन्दै आफूलाई प्राथमिकतामा राख्न उनीहरूले माग गरेका छन् ।

एउटै व्यक्तिलाई पटकपटक अवसर दिने प्रणाली अन्त्य गरी पीडित केन्द्रित नीति लागू गर्ने लगायत माग गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK