
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
ललितपुर । नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखाना प्रहरीले छापा मारेको हो । महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिनुभयो । स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि, वितरण भईरहेको सुचनाको आधारमा छापा मारिएको उहाँले बताउनुभयो ।
एसएसपी खापुङले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाईएको पनि बताउनुभयो । दोषिउपर कानुनी कारबाही अगाडी बढाइने उहाँले बताउनुभयो । सो कारखाना लगायत मुख्यमुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीले कारखानामा ३० हजार लिटर सेनिटाइजर हुनसक्ने बताएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्