Skip to content
LAXMI SUNRISE BANK

पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको  छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मङ्सिरसम्ममा ८ खर्ब ७० अर्ब ३१ करोड बढी रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा यो रेमिट्यान्स ३५.६ प्रतिशतले धेरै हो ।

विदेशमा काम गर्न गएका नेपालीले मङ्सिर महिनामा मात्र १ खर्ब ८३ अर्ब १८ करोड रेमिट्यान्स नेपाल पठाएका छन् ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९. ० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३. ४ प्रतिशतले बढेको थियो । त्यस्तै, मङ्सिरसम्ममा खुद द्वितीय आय खुद ट्रान्सफर ९ खर्ब ५४ अर्व ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्व ४३ करोड रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK