Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी कुट्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका कर्मचारीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । दाङको घोराही शाखामा कार्यरत बैंकका कर्मचारीमाथि कुटपिट गर्ने व्यक्ति दाङकै लमही क्षेत्रबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । कर्जा असुलीको क्रममा उनले बैंकका कर्मचारीमाथि हातपात गरेका थिए ।

कानुन हातमा लिने, कर्मचारीमाथि हिंसा गर्ने र बैंकिङ प्रणालीलाई ध्वस्त पार्न खोज्ने व्यक्तिहरूलाई ज्यानमार्ने उद्योगसम्मको अभियोगमा कारवाही गर्न नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले माग गरेको थियो ।

प्रहरीले उक्त घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका व्यक्तिमाथि कुटपिट तथा आपराधिक व्यवहारसम्बन्धी कसुरमा मुद्दा अघि बढाइने तयारी भइरहेको स्रोतले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK