Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक लुट प्रकरण : रोक्न खोज्दा लुटेराले सुरक्षा गार्डको हातै काटिदिए, कार्मचारीलाई बाँधे (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंक, सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा लुट्न आएका लुटेराहरुले उनीहरुलाई रोक्न खोज्ने सुरक्षा गार्डको हातै काटिदिएका छन् । बैंक लुट्न आएकाहरुलाई रोक्न खोज्दा धारिलो हतियार प्रयोग गरेर सुरक्षा गार्डको हात काटिएको हो ।

स्थानीयका अनुसार अहिले उनलाई अस्पताल लगिएको छ ।

स्थानीय प्रहरीका अनुसार खुकुरीले हानेर उनको हात काटिएको छ ।

लुटेराहरुले कर्मचारीहरुको हात बाँधेर लुटपाट गरेका थिए । लुटेराहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK