काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई एक दिनमा १० वटा स्टाटस लेख्न र १० वटा एसएमएस पठाउन निर्देशन दिएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।
उनले पछिल्लो समय सामाजिक सञ्जालमा एमालेविरुद्ध दुष्प्रचार भइरहेको भन्दै एमालेको सुप्रचारमा ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
एमालेविरुद्ध भइरहेको दुष्प्रचारको अन्त्य गर्नका लागि भए पनि दिनमा १० वटा स्टाटस लेख्न र १० वटा एसएमएस पठाउन कार्यकर्ताहरुलाई ओलीले निर्देशन दिएका छन् ।
‘हरेकका हातमा मोबाइल छ । हामी आफैँ सामाजिक सञ्जाल सञ्चालनका योद्धाहरू हौँ । हामी हरेकले यो लडाइ लड्नुपर्छ ।’, उनले भने, ‘कम्तीमा दिनमा १० वटा एसएमएस गर्नुस् । दिनमा दश वटा फेसबुक स्टाटस लेख्नुस् । एमालेको पक्षमा लेख्नुस्, दिनको दश वटा । हामीले गरेका काम लेख्नुस्, दिनमा दश वटा ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्