Skip to content
LAXMI SUNRISE BANK

झापा जाँदै केपी शर्मा ओली

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) झापा जाने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उनी झापा जान लागेका हुन् । 

ओलीको सोमबार बिहान १०ः२५ बजे भद्रपुर जाने कार्यक्रम छ । झापा पुगेर उनले झापा-५ बाट उम्मेदवारी दिनेछन् । 

झापा पुगेलगत्तै ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र झापा-५ को तयारीबारे दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने बताइएको छ ।

झापा-५ मा ओली, बालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK