Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, तोलाकै दुई लाख ८४ हजार नाघ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार ७ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ७० रुपैयाँले बढेर प्रतितोला ५८८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४४ हजार ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ४१ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK