- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्र बैंकको विरगंज साखाका १ कर्मचारी र १ सुरक्षाकर्मीसहित २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित दुवैजनाको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ।
यस्तै आइतबार नै गरिमा विकास बैंकका थप एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रुपन्देहीको देवदह खैरेनीस्थित एक शाखाका शाखा प्रमुखमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपी उनमा कोरोनाको केहि लक्षण भने देखिएको थिएन । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।