Skip to content
LAXMI SUNRISE BANK

९.२३ अंकले बढ्यो नेप्से, ९ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK