Skip to content
LAXMI SUNRISE BANK

सुन र चाँदीको मूल्य आकाशियो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २९० रुपैयाँले बढेर प्रतितोला ६४८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६० हजार ४ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५५५५.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK