Skip to content
LAXMI SUNRISE BANK

५.३८ अंकले बढ्यो नेप्से, झण्डै साढे ११ अर्बको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK