काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। माघ १७ गते अर्थात् शनीबार काठमाडौँस्थित होटेल रेडिसनमा आइक्यानको २९ औं वार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
आइक्यानले माघ १७ गते अर्थमन्त्री रामेश्वर खनालको प्रमुख अतिथि र माननीय महालेखा परीक्षक तोयम राई र वित्तीय नियन्त्रक शोभा कान्त पौडेलको विशेष अतिथिको उपस्थितिमा आफ्नो २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको अध्यक्षता आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारु मगर, उपाध्यक्ष सिए आनन्द राज शर्मा वाग्ले र आइक्यानका कार्यकारी निर्देशक बिमल डांगोले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । सोही दिन आइक्यानले वार्षिकोत्सवको अवसरमा पहिलो सत्र, दोस्रो सत्र र तेस्रो सत्र गरी कुल तीन सत्रको प्यानल छलफल पनि गरेको थियो।
पहिलो सत्रमा आइक्यानले ‘ग्लोबल अकाउन्टिङ एण्ड फाइनान्स आउटसोर्सिङ ट्रेन्ड्स, रिजनल इनसाइट्स र इमर्जिङ ग्लोबल अपरच्युनिटीज’ विषयमा छलफल गरेको थियो भने दोस्रो सत्रमा ‘नेपालमा बीपीओ, केपीओ र आईटी आउटसोर्सिङ: प्रवृत्ति, आर्थिक प्रभाव र नीतिगत हस्तक्षेप’ को बारेमा छलफल भएको थियो।
यता तेस्रो सत्रमा आइक्यानले ‘सानो सुरुवात गर्दै, विश्वव्यापी सोच: अन्तर्राष्ट्रिय आउटसोर्सिङ संलग्नताको लागि नेपाली लेखा फर्महरूको तयारी’ विषयमा छलफल गरेको थियो। आइक्यानको २९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएसँगै आइक्यान ३०औँ वर्षमा प्रवेश गरेको छ। तस्विरमा हेर्नुहोस् वार्षिकोत्सव कार्यक्रमका खास झलक:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्