Skip to content
LAXMI SUNRISE BANK

नेरुडे मिर्मिरे लघुवित्तमा आन्दोलनः २८ दिनदेखि कर्मचारी धर्नामा, केन्द्रीय कार्यालयभित्र घुमीघुमी नाराबाजी

अर्थ सरोकार

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारी पछिल्लो २८ दिनदेखि आन्दोलनमा छन् । संस्थाभित्र कर्मचारीबीच विभेद गरिएको र सरुवा तथा बढुवाको विषयमा असन्तुष्टि जनाउँदै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारीहरुले आफूहरुमाथि श्रम शोषण भएको, सिइओले भेदभाव गरेको, कर्मचारीका जायज माग पूरा नगरेको लगायतका कारण देखाउँदै उनीहरुले सिइओ केशव कुमार पौडेलको राजीनामा मागेका छन् ।

सुरुमा संघर्षका कार्यक्रम घोषणा गरेका कर्मचारीहरुले अहिले लघुवित्तको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले केन्द्रीय कार्यालयमै आन्दोलन गरिरहेका छन् । 

आइतबार आन्दोलनरत कर्मचारीहरुले केन्द्रीय कार्यालयभित्र नाराबाजी गरेका छन् । उनीहरुले कार्यालभित्रै गोलघेरा बनाएर घुमीघुमी ‘हाम्रो श्रमको सम्मान गर’, ‘हक अधिकार खोस्न पाइँदैन’, ‘सिइओको पाराले, दुःख पाए साराले’ लगायतका नारा लगाएका छन् ।

यता आन्दोलनरत कर्मचारीहरुले कर्मचारीका माग पूरा गर्नुको साटो बैंकको व्यवस्थापन पक्ष उल्टै कर्मचारीलाई बर्खास्त गर्ने, निलम्बन गर्ने तथा आन्दोलन दबाउनतिर लागेको आरोप लगाएका छन् ।

लघुवित्तका सिइओ लगायत उच्च तहका अधिकारीहरु कर्मचारी आन्दोलनका विषयमा बोल्न चाहँदैनन् । केहीले त फोन नै उठाएका छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK