काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारी पछिल्लो २८ दिनदेखि आन्दोलनमा छन् । संस्थाभित्र कर्मचारीबीच विभेद गरिएको र सरुवा तथा बढुवाको विषयमा असन्तुष्टि जनाउँदै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत कर्मचारीहरुले आफूहरुमाथि श्रम शोषण भएको, सिइओले भेदभाव गरेको, कर्मचारीका जायज माग पूरा नगरेको लगायतका कारण देखाउँदै उनीहरुले सिइओ केशव कुमार पौडेलको राजीनामा मागेका छन् ।
सुरुमा संघर्षका कार्यक्रम घोषणा गरेका कर्मचारीहरुले अहिले लघुवित्तको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले केन्द्रीय कार्यालयमै आन्दोलन गरिरहेका छन् ।
आइतबार आन्दोलनरत कर्मचारीहरुले केन्द्रीय कार्यालयभित्र नाराबाजी गरेका छन् । उनीहरुले कार्यालभित्रै गोलघेरा बनाएर घुमीघुमी ‘हाम्रो श्रमको सम्मान गर’, ‘हक अधिकार खोस्न पाइँदैन’, ‘सिइओको पाराले, दुःख पाए साराले’ लगायतका नारा लगाएका छन् ।
यता आन्दोलनरत कर्मचारीहरुले कर्मचारीका माग पूरा गर्नुको साटो बैंकको व्यवस्थापन पक्ष उल्टै कर्मचारीलाई बर्खास्त गर्ने, निलम्बन गर्ने तथा आन्दोलन दबाउनतिर लागेको आरोप लगाएका छन् ।
लघुवित्तका सिइओ लगायत उच्च तहका अधिकारीहरु कर्मचारी आन्दोलनका विषयमा बोल्न चाहँदैनन् । केहीले त फोन नै उठाएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper










प्रतिक्रिया दिनुहोस्