काठमाडौँ । व्यवस्थापन र कर्मचारीबीच लफडा परिरहने नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिडेटमा फेरि कर्मचारी आन्दोलित बनेका छन् । आन्दोलित कर्मचारीहरु संघर्षका कार्यक्रम नै घोषणा गरेर विरोधमा उत्रिएका छन् ।
पुष २३ गते (बुधबार) देखि आन्दोलन तथा संघर्षका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनका महासचिव महमद मकसुद अन्सारीले जनाएका छन् ।
लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा केशव कुमार पौडेल नियुक्त भएलगत्तै कर्मचारीको मनोबल गिराउने निर्णय गर्नुका साथै कर्मचारी संगठनका मागहरुलाई बेवास्ता गरेको भन्दै आक्रोशित कर्मचारीहरु विरोधमा उत्रिएको अन्सारीले बताएका छन् ।
‘हामी नयाँ सिइओ आएपछि हाम्रा माग पूरा हुन्छन् । कर्मचारीहरुको मनोबल बढ्नुका साथै संस्था सही ट्रयाकमा आउँछ भन्ने विश्वास गरेका थियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तर, सिइओ सर पदभार ग्रहण गरेकी दिनदेखि उल्टो बाटो हिँड्न थाल्नुभयो ।’
लघुवित्तका कर्मचारीहरुले सिइओ नियुक्तिपछि पौडेलले गरेका विभिन्न निर्णयमा असहमति जनाएका छन् ।

त्यस्तै, पटक पटक माग सम्बोधनका लागि प्रयास गर्दा पनि माग सम्बोधन नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको कर्मचारीहरुको भनाई छ ।
घोषणा गरिएका संघर्षका कार्यक्रम अन्तर्गत पहिलो चरणमा पुष २४ गतेदेखि २५ गतेसम्म कालोपट्टी बाँधेर विरोध जनाउने, दोस्रो चरणमा पुष २७ गते प्रत्येक शाखा कार्यालयबाट एक-एक जना प्रतिनिधि केन्द्रीय कार्यालयमा उपस्थित भएर शान्तिपूर्ण धर्ना दिने र तेस्रो चरणमा बैंकिङ सफ्टवेयर लगइन नगर्ने र काम ठप्प पार्ने कर्मचारीले चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्