Skip to content
LAXMI SUNRISE BANK

झापाका बस्तीमा बालेन, मतदाता भेट्दै, समस्या बुझ्दै (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी प्रचार अभियानका लागि झापा पुगेका छन् । पूर्व हुँदै पश्चिम यात्रा सकेर बालेन पुनः झापा पुगेका हुन् ।

सोमबार झापा पुगेका बालेनले मंगलबार बिहानैदेखि झापाका मतदातासँग भेटघाट सुरु गरेका छन् । 

अहिले बालेन झापाका बस्तीमै पुगेर मतदातासँग भेट गर्दै समस्याका बारेमा छलफल गरिरहेका छन् । बालेन मतदाता भेट्न पुग्दा झापाबासीले स्थानीय झाँकीसहित बालेनको स्वागत गरेका थिए । 

बालेनले फागुन २१ गतेको निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिएका छन् । झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK