काठमाडौँ । चलचित्र आ बाट आमा हाल प्रदर्शनरत छ । विपना थापा, पल शाह लगायतको अभिनय रहेको सो फिल्म समग्रमा औसत छ । चलचित्रको अन्त्यसम्म हेरिसकेपछि पैसा नै खेर जाने फिल्म होइन भन्ने भान हुन्छ । तर लामो समयपछि विपना थापाको कम ब्याक, साइग्रेसको अभिनय, पलको स्टारकाष्टसहितको फिल्म बडो गज्जब होला भन्ने आशा लिएर जान लायकको भने यो फिल्म छैन ।
ठाउँ-ठाउँमा बेतुके गल्ती !
फिल्मको कथामा कथाका पात्र कृष्ण कब्बड्डी खेल्छन् । सो प्रतियोगीता २०८२मा आयोजना भएको भनिएको छ । तर कथा बग्दै जाँदा कहिले कति समयपछि त कहिले कति समयपछि भनेर देखाउँदै गर्दा एक ठाउँ १ वर्षपछि भनेर लेखिन्छ । जवकि हामी अहिले माघमै छौँ । यहाँ नेर के नमिले, नमिले जस्तो हुन्छ ।
बाबा बितेको ४५ दिन काट्ने बित्तिकै औंठी साटासाट गर्न मिल्ने विधि हिन्दु धर्ममा छँदै छैन । तर फिल्मको डायलगले यस्तो मिल्छ भन्छ । यसमा पुरोहितकै अपमान भएको छ । धन्न, ब्राह्मणहरु खुलेर फिल्मका डायलगको विरोध गर्दैनन् । नत्र यो विषय कन्ट्रोभर्सी हुने विषय हो ।
कृष्णकी श्रीमतीको पासपोर्ट उनकी आमाले च्यात्दा, त्यो पासपोर्ट भनेर च्यातिएको चिज कुनै एंगलबाट पनि पासपोर्ट देखिंदैन । धेरै ठाउँमा यस्ता स-साना तर ख्याल गरिने गल्ती फिल्ममा छन् ।
कृष्णका बुबाको विदेशी कलाकार भएर होला सायद, उनको नेपाली लवज र त्यसको डबको छेउ टुप्पै मिलेको छैन । बरिष्ट कलाकार भएर पनि उनको अभिनय लिप्सिङ्ग नमिलेका कारण खल्लो देखिन्छ । हिन्दी फिल्मको सिको गर्न खोज्दा थुप्रै ठाउँमा दृश्य भद्दा देखिन्छन् ।
फिल्म अन्तिमसम्म औसत बगेको छ । पलको अभिनय गज्जब देखिए पनि फिल्ममा डेब्यु गरेका साइग्रेसको डायलग डेलिभरीमा साइग्रेसवाला फिल खासै पाइन्न ।
फिल्मले रुवाउन खोजेको छ, तर ठाउँ ठाउँमा रुवाउने कोसिसमा फिल्म सफल बनेको छैन ।
कतिपय ठाउँमा गरिएका एनिमेसन गज्जबका छन् । तर सो एनिमेसनलाई जति इमोसनल बनाउन सकिन्थ्यो, सो कुरामा फिल्म चुकेको छ ।
समग्रमा फिल्म हेर्दा पैसा खेर नै चाहिँ जाँदैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्