काठमाडौँ । काठमाडौँबाट दिउँसै सुन चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ-६ बौद्ध, टुसाल नजिकै रिन्जी लामाको घरबाट ६५ तोला सुन चोरी गर्ने प्रेम चौधरी पक्राउ परेका हुन् ।
चौधरीलाई प्रहरीले महाकालबाट गोली प्रहार गरेर पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीले मंगलबार दिउँसो करिब १ करोड ४ लाख रुपैयाँ भन्दा बढी मूल्यका सुनका गहना चोरी गरेका थिए ।
चोरी भएको सूचना पाए लगत्तै अपरेशन सुरु गरेको थियो । सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरिएका गहनासमेत बरामद गरेको छ ।
प्रहरीलाई देखेर भाग्न लागेका चौधरीलाई पक्राउ गर्न गोली प्रहार गर्नुपरेको थियो । हाल पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्