काठमाडौँ । सर्लाहीमा एक लघुवित्त लुटिएको छ । बिहीबार दिउँसो अज्ञात समूहले लघुवित्तमा लुटपाट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईले लघुवित्तमा लुटपाट भएको पुष्टि गरेका छन् । तर, लुटपाटबारे पूर्ण विवरण आइनसकेको उनले बताएका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी राईले लघुवित्तमा लुटपाट भएको जानकारी आएको र घटनास्थलमा प्रहरी पुगेको बताए ।
‘लघुवित्तमा लुटपाट भएको खबर पाएका छौँ । प्रहरी पुगेको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।’
लघुवित्तमा लुटपाट गर्ने समूहले लघुवित्तका कर्मचारीमाथि चक्कुसमेत प्रहार गरेको र केही कर्मचारी घाइते भएको बताइएको छ । हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । क्षतिको विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्