Skip to content
LAXMI SUNRISE BANK

लुटेराले चक्कु प्रहार गर्दा छिमेक लघुवित्तका कर्मचारी घाइते, लुटेराहरुको छैन अत्तोपत्तो, खोज्दै प्रहरी !

अर्थ सरोकार

काठमाडौँ । लुटपाटका क्रममा लुटेराले चक्कु प्रहार गर्दा छिमेक लघुवित्तका कर्मचारी घाइते भएका छन् । सर्लाहीको लालबन्दीस्थित लघुवित्तको शाखामा बिहीबार भएको लुटपाटका क्रममा लुटेराले चक्कु प्रहार गर्दा लघुवित्तका कर्मचारी घाइते भएका हुन् ।

प्रहरीका अनुसार कार्यालय बन्द गर्ने बेलामा एक्कासी प्रवेश गरेका ५ देखि ६ जनाको समूहले कर्मचारीमाथि चक्कु प्रहार गरेका थिए । 

चक्कु प्रहारबाट घाइते भएका कर्मचारीको उपचार गरिएको छ । ती कर्मचारीको पाखुरामा चक्कु प्रहार गरिएको थियो । हाल उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

लघुवित्तका कर्मचारीलाई कोठाभित्र थुनेर लुटपाट गरेको लुटेरा समूहले केही रकम लुटेको प्रहरीले जनाएको छ । यद्यपि लुट प्रकरणमा संलग्नहरु भने फेला परेका छैनन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK